शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री साउद


    हुलाक प्रेस

    • शनिबार, पुस ७ २०८००८:४२
    विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री साउद

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन् । 

    न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।

    प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताए । उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको जिकिर गरे  ।

    “प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”,परराष्ट्रमन्त्रीले भने । उनले संविधान जारी गरेपछि  तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए  । रासस

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ