शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • खुला विश्वविद्यालयका विद्यार्थीका लागि छुट्टै लाइसेन्स परीक्षा


    हुलाक प्रेस

    • आइतबार, पुस ८ २०८००८:५६
    खुला विश्वविद्यालयका विद्यार्थीका लागि छुट्टै लाइसेन्स परीक्षा

    काठमाडौं । नेपाल कानुन व्यवसायी परिषदले खुला विश्वविद्यालयबाट कानुनमा स्नातक उतीर्ण विद्यार्थीहरुको लाइसेन्सका लागि छुट्टै परीक्षा सञ्चालन गर्ने भएको छ ।

    आइतबार बसेको परिषदको बैठकले व्यवस्थापकीय काम सम्पन्न गर्नुपर्ने भन्दै उनीहरुका लागि पछि फारमको सूचना प्रकाशित गर्ने निर्णय गरेको परिषदका एक सदस्यले जानकारी दिए ।

    सर्वोच्च अदालतले गत शुक्रबार खुला विश्वविद्यालयबाट कानुनमा स्नातक पास भएका विद्यार्थीलाई पनि बार काउन्सिल (नेपाल कानुन व्यवसायी परिषद)को परीक्षाबाट बञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएको थियो ।

    कानुनमा स्नातक उपाधी पाएका विद्यार्थीले अधिवक्ताको प्रमाणपत्र पाउन बार काउन्सिलको परीक्षा उतीर्ण गर्नुपर्छ । बार काउन्सिलले खुला विश्वविद्यालयको स्नातक तहको कोर्ष मापदण्ड अनुसार नभएको भन्दै त्यहाँबाट स्नातक उतीर्ण विद्यार्थीलाई परीक्षामा सहभागी गराएको थिएन ।

    तोकिएको शिक्षण अवधि पूरा नभएको, प्रयोगात्मक अभ्यास नभएको, दुरीमा बसेर पढ्नुुपर्ने लगायतका कारण देखाउदै काउन्सिलले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई बार काउन्सिलको परीक्षामा समावेश हुन रोकेको थियो ।

    सर्वोच्च अदालतले उनीहरुलाई नरोक्नु भनी आदेश दिएपछि बार काउन्सिलको आइतबारको आकस्मिक बैठकले व्यवस्थापकीय काम सकेपछि परीक्षा लिने निर्णय गरेको हो ।

    अरु विद्यार्थीको हकमा भने आगामी शुक्रबार र शनिबार (१३ र १४ पुस, २०८०) मा बार काउन्सिलले लाइसेन्सको परिक्षा सञ्चालन गर्दैछ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपनि बार काउन्सिलले त्यो परीक्षा यथावत गरी खुला विश्वविद्यालयबाट उतीर्णका लागि छुट्टै परीक्षा सञ्चालनको तयारी गरेको हो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ