बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • अब अवैधरूपमा अमेरिका गएर हिरासतबाट जमानतको निवेदन दिन नपाउने


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२०८:५१
    अब अवैधरूपमा अमेरिका गएर हिरासतबाट जमानतको निवेदन दिन नपाउने

    काठमाडौं । अमेरिकामा गैरकानुनीरूपमा प्रवेश गर्ने आप्रवासीहरूले अब जमानत सुनुवाइका लागि अध्यागमन न्यायाधीशसमक्ष अनुरोध गर्न नपाउने भएका छन् । 

    ट्रम्प प्रशासनले देशमा गैरकानुनीरूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई हिरासतमा राख्ने प्रयासलाई तीव्र बनाइरहेको बेला यो नयाँ नीति घोषणा गरिएको छ ।

    गतहप्ता अमेरिकाको भन्सार तथा अध्यागमन निकाय (आईसीई) कार्यवाहक निर्देशक टोड लायन्सद्वारा जारी गरिएको विज्ञप्तिमा यो नीति परिवर्तनको घोषणा गरिएको थियो, जसको विवरण एबीसी न्यूजले प्राप्त गरेको थियो । यो नीति परिवर्तनअघि आप्रवासीहरूले आप्रवासन न्यायाधीशसमक्ष जमानतका लागि अनुरोध गर्न सक्थे ।
      
    तर, यो नयाँ नीतिले उक्त अवसरलाई बन्द गर्नेछ, जसले गर्दा धेरै व्यक्तिलाई लामो समयसम्म हिरासतमा राख्न सकिनेछ । यो विस्तारित हिरासत नीतिविरुद्ध कानुनी चुनौतीहरू आउने अनुमान गरिएको छ । 

    आप्रवासी अधिकारकर्मीहरूले यो कदम संविधानविपरीत र मानवअधिकारको उल्लंघन भएको बताएका छन् । एबीसीन्यूज


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ