बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • दुई बैंकले बढाए ब्याजदर, १४ बैंकले घटाए


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२१२:५९
    दुई बैंकले बढाए ब्याजदर, १४ बैंकले घटाए

    काठमाडौं । आउँदो साउन महिनाका निम्ति २० वाणिज्य बैंकले ब्याजदर निर्धारण गरेका छन् । २० मध्ये स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकले ब्याजदर बढाएका छन् ।

    चार वाणिज्य बैंकको ब्याजदर स्थिर छ । १४ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । सबैभन्दा बढी ब्याजदर घटाउनेमा प्रभु बैंक छ । यो बैंकले १.८५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । असारमा यो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ६.१ प्रतिशत ब्याज दिएको थियो । साउनमा ४.२५ प्रतिशत दिने भएको छ ।

    औसत ब्याजदर ०.२० प्रतिशत विन्दुले घटेको बैंकहरूले प्रकाशन गरेको विवरणले देखाएको छ । असारमा औसत ब्याजदर ५.९०२ प्रतिशत थियो । साउनमा २० वाणिज्य बैंकको औसत ब्याजदर ५.६९८ प्रतिशत हुनेछ ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नबढेर पैसा बैंकमै थुप्रिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले बैंकहरूबाट पैसा तानिरहेको छ । आइतबार (असार २९)सम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७५.८५ प्रतिशत कायम छ ।

    तर, राष्ट्र बैंकले सीडी रेसियो अनुपात ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ । बैंकहरूमा हाल सात खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।

    राष्ट्र बैंकका अनुसार, आइतबारसम्म ७२ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलित छ । उक्त अवधिसम्म ५५ खर्ब ८० अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ