बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • बिहीबार , साउन १ २०८२०८:५७
    वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

    वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले बताएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ