शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, तीन दिनसम्म चल्ने


    हुलाक प्रेस

    • बुधबार, पुस ११ २०८००१:११
    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, तीन दिनसम्म चल्ने

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको छ ।

    तीनदिन सम्म चल्ने एकीकृत समाजवादीको बैठकको मुख्य बिषय पार्टीको विधान संशोधन र आगामी महाधिवेशन रहेको पार्टीले जनाएको छ ।

    केन्द्रीय कमिटीको बैठकमा आगामी माघ १४ र १५ गते काठमाडौंमा हुन लागेको राष्ट्रिय सम्मेलनको बारेमा पनि छलफल हुनेछ । 

    बैठकमा देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल हुने साथै  राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार छनोटबारे पनि छलफल हुने समाजवादीले जनाएको छ ।

    यसका साथैराष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि तोकिएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ