काठमाडौं । पतञ्जली जग्गा भ्रष्टाचार मुद्धामा विषेश अदालतले पुर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ घरौटी माग गरेको छ ।
विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव समेत रहेका पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतीका लागि पतञ्जली योगपीठले पेश गरेको निवेदन सहितको फाइल मन्त्रिपरिषद्मा लैजान प्रस्ताव अघि बढाएका थिए ।