बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • आज र भोलि सामान्य वर्षाको सम्भावना


    हुलाक प्रेस

    • बुधबार, साउन १४ २०८२०७:५५
    आज र भोलि सामान्य वर्षाको सम्भावना

    काठमाडौं । ठूलो पानी पार्ने प्रणाली केही कमजोर हुँदा देशका धेरै स्थानमा वर्षा भएको छैन । केही स्थानमा सामान्य वर्षा मात्रै भएको छ । 

    मौसमविद् प्रतिभा मानन्धर आज र भोलि ठूलो वर्षा नहुने बताउँछिन् । “अहिलेसम्मको अवस्था हेर्दा आज र भोलि ठूलो वर्षा हुने देखिँदैन,” उनी भन्छिन्, “सानो वर्षा त भइरहेकै छ ।” 

    गएराति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको उनी बताउँछिन् । वाग्मती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोकलगायत स्थानमा पनि वर्षा भइरहेको उनले जानकारी दिइन् । 

    “अगष्टको पहिलो साता भने ठूलै वर्षा हुने देखिएको छ,” मौसमविद् मानन्धर भन्छिन् । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ