काठमाडौं । बागमती प्रदेशमा तीन मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।
बागमतीमा कांग्रेसका मन्त्रीहरुले लामाविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि उनीहरूलाई लामाले बर्खास्त गरेपछि पाँच मन्त्रालय खाली भएको थियो ।