बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह


    हुलाक प्रेस

    • शुक्रबार, साउन १६ २०८२१०:४७
    मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह
    वाग्मती । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । 
     
    केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
     
    “उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ ”, आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भने । रासस

     


  • सम्बन्धित विषय:

  • # #bagmatipradesh
  • # #bahadurlama
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ