शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • ठेक्का लिएर  काम नगर्ने पाँच निर्माण कम्पनी कालोसूचीमा


    हुलाक प्रेस

    • बिहीबार , पुस १२ २०८०१०:३३
    ठेक्का लिएर  काम नगर्ने  पाँच निर्माण कम्पनी कालोसूचीमा


    काठमाडौं । विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईदेखि तीन वर्षसम्मका लागि विभिन्न ५ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

    कालो सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पी/एस.सी.एफ/ई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन् ।

    एमपी/एससीएफ/ईसीसी जेभीमा पश्चिम बंगाल, एमपी सितानी एण्ड सन्स, सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारालाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल राजमार्ग योजना कार्यालय पर्वतले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । 

    सोही सिफारिसको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

    भूमि इन्फ्रा स्ट्रक्चर प्रालि मोरङ दुई वर्षसम्मका लागि कालो सूचीमा परेको छ ।

    भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई कालोसूचीमा राख्न पोखरा महानगरपालिकाले सिफारिस गरेको थियो ।

    कालोसूचीमा परेकाहरुले कालोसूचीमा परेको अवधिभर कुनै पनि सार्वजनिक निकायका खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । 

    Kalo-Suchi.jpg
    undefined


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ