शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • मिटरब्याजीले अदालतमै पीडित कुटेपछि...


    हुलाक प्रेस

    • बिहीबार , पुस १२ २०८०१२:१६
    मिटरब्याजीले अदालतमै पीडित कुटेपछि...

    काठमाडौं । काठमाडौं । सिरहा जिल्ला अदालत परिसरमै मिटरब्याजी अभियुक्तले पीडीतलाई पिटेका छन् ।  

    मिटरब्याजी अभियुक्त श्याम निरौलाले दुई जना पीडित रौदी यादव र सुकुमारी साहलाई कुटेका हुन् । 

    जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेका निरौलाले कुटपिट गरेपछि मिटरब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका थिए ।

    निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए ।

    उनले प्रहरीले जाहेरी नलिएको र उल्टै निरौलालाई संरक्षण गरेको भन्दै धर्ना बस्न बाध्य भएको बताए । 

    बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । 

    यद्दपि प्रहरीले पीडितहरू साँझतिर जाहेरी दिएकाले मुद्दा दर्ता आज गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ