बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • सातवटै प्रदेशमा वर्षा, ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • सोमबार, साउन २६ २०८२०८:४७
    सातवटै प्रदेशमा वर्षा, ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोसी, वाग्मती, गण्डकी प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागकाका धेरै स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

    कोसी प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेशलगायत कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

    काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । “काठमाडौंमा आज वर्षाको सम्भावना छ । तर भारी वर्षा भने हुने छैन,” मौसमविद् डेबिड ढकालले भने, “काठमाडौंमा आज मध्यम वर्षाको सम्भावना छ ।” 

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ