मंगलबार, कात्तिक १८ गते २०८३
  • यो साता चर्चामा :
  • मनसुनी प्रणाली कमजोर बन्यो, केही स्थानमा मध्यम वर्षाको सम्भावना


    हुलाक प्रेस

    • शुक्रबार, साउन ३० २०८२०८:२५
    मनसुनी प्रणाली कमजोर बन्यो, केही स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

    सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर हुने विभागले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ