मंगलबार, कात्तिक १८ गते २०८३
  • यो साता चर्चामा :
  • उपसभामुख रानालाई हटाउन एमाले कांग्रेसले तयारी गरेपछि सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक जारी


    हुलाक प्रेस

    • मंगलबार, भदौ ३ २०८२०४:२६
    उपसभामुख रानालाई हटाउन एमाले कांग्रेसले तयारी गरेपछि सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक जारी

    काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले तयारी गरेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।

    सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ ।

    बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुबबहादुर प्रधान र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी छन् ।

    कांग्रेस र एमालेका सांसदहरूले उपभामुख हटाउनका लागि हस्ताक्षर गरेका छन् । उपसभामुख राना अमेरिकामा छिन्। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ