आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • माइतीघर निषेधाज्ञाः सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


    हुलाक प्रेस

    • शुक्रबार, पुस १३ २०८००४:४५
    माइतीघर निषेधाज्ञाः सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल )ले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गरेका थिए ।

    दर्ता रिटमा न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको शुक्रबारको संयुक्त इजलासले माग बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ