मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएको समाचार सार्वजनिक भएको छ ।
रिपोर्टअनुसार उनले गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध र क्रूरताको आरोप लगाउँदै हिन्दु विवाह ऐन १९५५ अन्तर्गत धारा १३(१)(i),(ia),(ib) अनुसार निवेदन दर्ता गरेकी छिन् ।
मामिला मे २५ मा अदालतमा पेस भएको र त्यसयता दुवै पक्षले समाधान खोज्ने प्रयास गरिरहेको भनिएको छ । सुनिता अदालतमा उपस्थित हुँदै आएकी छन् भने गोविन्दा भने अनुपस्थित रहेको रिपोर्टमा जनाइएको छ ।
तर गोविन्दाका नजिकका साथीहरू र प्रबन्धकले भने यी सबै समाचारलाई ‘अफवाह’ भन्दै खारेज गरेका छन् । गोविन्दका भतिजा तथा हास्य कलाकार कृष्ण अभिषेकले पनि दुबैबिच गहिरो सम्बन्ध रहेको भन्दै समस्या भए पनि उनीहरूले आफैँ समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसअघि पनि गोविन्दा र सुनिता सम्बन्ध विच्छेदको हल्लाका कारण चर्चामा आएका थिए । त्यसबेला पनि अभिनेता एक मराठी अभिनेत्रीसँग जोडिएको खबर आएको थियो तर दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।