आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • प्रदेशलाई अधिकार सम्पन्न बनाउन मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


    हुलाक प्रेस

    • शनिबार, पुस १४ २०८०१०:०२
    प्रदेशलाई अधिकार सम्पन्न बनाउन मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

     काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीले सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

    आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मुख्यमन्त्रीहरुले शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार अधिकार माग्दै ध्यानाकर्षण गराएका हुन् । 

    भेटमा उनीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

    शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो । गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरको हेटौंडा बैठक सकिएको थियो ।

    उनीहरुले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ