मंगलबार, कात्तिक १८ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा बिहानैदेखि वर्षा, यी प्रदेशमा हुनेछ भारी वर्षा


    हुलाक प्रेस

    • बिहीबार , भदौ १२ २०८२०८:३६
    काठमाडौंमा बिहानैदेखि वर्षा, यी प्रदेशमा हुनेछ भारी वर्षा

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

    वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

    लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग, लुम्बिनी र कोसी प्रदेशको तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको विभागले बताएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ