मंगलबार, कात्तिक १८ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बीपीको फोटो, लेखे– हामी उठ्ने छौं


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २७ २०८२०९:४८
    कांग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बीपीको फोटो, लेखे– हामी उठ्ने छौं

    काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् ।

    जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर युवा कार्यकर्ताहरुले पार्टीको झण्डा र बीपी कोइरालाको तस्वीर अंकित ब्यानर राखेका हुन् ।

    बीपीको तस्वीरको तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौं, हामी उठ्ने छौं’ लेखिएको छ ।

    केही प्रदर्शनकारीले आगजनी गरिदिँदा कांग्रेस केन्द्रीय कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ