आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • संसारमा सबैभन्दा पहिला नयाँ वर्ष कहाँ मनाइन्छ ?


    हुलाक प्रेस

    • आइतबार, पुस १५ २०८००८:३४
    संसारमा सबैभन्दा पहिला नयाँ वर्ष कहाँ मनाइन्छ ?

    काठमाडौं । विश्वभर नयाँ वर्ष २०२४ लाई स्वागत गर्ने तयारी भइरहेको छ। केही देश छन्, जहाँ सबैभन्दा पहिले नयाँ वर्ष मनाउन सुरु हुन्छ।

    सारा विश्वलाई २४ टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले नयाँ वर्ष विभिन्न देशहरूमा फरक–फरक समय क्षेत्रका आधारमा मनाइन्छ।

    नयाँ वर्षको उत्सव प्रशान्त क्षेत्रमा सबैभन्दा पहिले सुरु हुन्छ। अकल्यान्ड र सिड्नीमा व्यापक तयारी गरिएको छ। सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको सानो टापु देश किरिबाटीको लाइन आइल्यान्डमा मनाइँदै छ।

    यहाँ नयाँ वर्ष नेपाली समयानुसार आइतबार साँझ नै सुरु भएको छ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ