काठमाडौं । नेपाली कांग्रेसले आज (पुस १६ गते, सोमबार) राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ। पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा कांग्रेसे हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाइँदै आएको छ।
मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार प्रज्ञा भवन कमलादी विशेष कार्यक्रम आयोजना गरेको छ। दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ।
कांग्रेसले संविधान लेखनमा संलग्न राजनाीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निम्तो गरिएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने निम्तो गरिएको छैन।