सोमबार, कात्तिक १७ गते २०८३
  • यो साता चर्चामा :
  • तिहारमा कुन दिन कस्तो हुनेछ मौसम ?


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १ २०८२०९:३०
    तिहारमा कुन दिन कस्तो हुनेछ मौसम ?

    काठमाडौं । यो वर्ष तिहार पर्वको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव हुने छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तिहारको समयमा पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षा हुनसक्छ । उच्च हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले शनिबार (कात्तिक १) साँझ तिहार विशेष मौसम बुलेटिन जारी गरेको हो । बुलेटिनमा कात्तिक ३ देखि ६ गतेसम्म तिहार अवधिको मौसम पूर्वानुमान उल्लेख छ ।

    तिहार विशेष मौसम बुलेटिन पढ्नोस्–
    कार्तिक ३ (लक्ष्मीपूजा) : देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

    कार्तिक ४ (औँसी) : देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

    कार्तिक ५ (गोवर्धन पूजा) : देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    कार्तिक ६ (भाइटीका) : कोसी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ