आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • पक्राउ परेपछि पुलिस क्लवमै मन्त्री अनिता देवीले सुरु गरिन अनसन


    हुलाक प्रेस

    • सोमबार, पुस १६ २०८००१:४८
    पक्राउ परेपछि पुलिस क्लवमै मन्त्री अनिता देवीले सुरु गरिन अनसन

    काठमाडौं । माइतीघरबाट सोमबार पक्राउ परेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी अनसन बसेकी छन् । 

    धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने मागसहित माइतीघरमा भेला हुँदा प्रहरीले नियन्त्रणमा लिएपछि उनले पुलिस क्लवमै अनसन सुरु गरेकी हुन् । 

    ‘धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने, पक्राउ परेका नेता–कार्यकर्तालाई अविलम्ब रिहा गरिनुपर्ने माग राखेर उहाँले अनसन सुरू गर्नुभएको छ,’ प्रहरी नियन्त्रणमै रहेका जनमत पार्टीका सचिव बिपी साहले भने।

    जनमत पार्टीले अंग्रेजी नयाँ वर्षका दिन धोती दिवस मनाइनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेको थियो । प्रर्दशनका क्रममा प्रहरीले जनमत पार्टीका अध्यक्ष सीके राउत, मन्त्रीसमेत रहेकी केन्द्रीय सचिव अनीता देवी, बिपी साहलगायत ६३ जना नेता कार्यकर्तालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ