बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ९ २०८२१०:१७
    अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु

    काठमाडौं । जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

    पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ । ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्याम्प ३ बाट हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो । उपचार क्रममा उनको ७ कात्तिकमा मृत्यु भएको विभागले जनाएको छ ।

    यसैगरी ८के एक्सपिडिसन मार्फत गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको छ । उनको  अमादब्लम आरोहण गर्ने क्रममा क्याम्प १ र क्याम्प २ को बीचमा मृत्यु भएको हो ।

    विभागका अनुसार दुवै विदेशी आरोहीको मृत शरीर सम्बन्धित मुलुकमा फिर्ता लैजाने प्रयोजनका लागि समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ