बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • आजभन्दा भोलि ठूलो वर्षा हुने, ‘मोन्था’ शनिबार दिउँसो बाहिरिने


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक १३ २०८२०८:२३
    आजभन्दा भोलि ठूलो वर्षा हुने, ‘मोन्था’ शनिबार दिउँसो बाहिरिने

    काठमाडौं । अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव दखिन सुरु भएको छ । अरब सागरमा बनेको न्यूनचापीय प्रणाली,  बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायूका कारण आज बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा सुरु भएको छ ।  

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ ।  अहिले सबैभन्दा धेरै कोसीमा वर्षा भइरहेको छ । सबैभन्दा कम लुम्बिनीमा भइरहेको छ । आज धेरैजस्तो ठाउँमा हल्का वर्षा हुनेछ । केही स्थानमा मात्रै भारी वर्षा हुनेछ । 

    “काठमाडौंमा आज हल्का वर्षा हुनेछ । भोलि पनि काठमाडौंमा हल्का वर्षाकै सम्भावना धेरै छ । भोलि भने काठमाडौंका केही स्थानमा हल्काबाट थोरै भारी वर्षा हुनेछ,” मौसमविद् विनोद सर्माले भने । 

    आजभन्दा ‘मोन्था’को प्रभाव भोलि धेरै देखिनेछ । त्यसैले आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ । आज दिउँसोबाट ‘मोन्था’को प्रभाव केही बढ्दै जाने र रातिबाट थप बढ्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा पनि रातिबाट यसको प्रभाव बढी देखिनेछ । प्रभाव बढ्दै जाँदा वर्षा पनि ठूलो हुँदै जानेछ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र दश जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न आग्रह गरेको छ । 

    प्राधिकरणले आज बिहानदेखि भोलि बिहानसम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको बताएको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ