बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १९ २०८२०८:२९
    यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

    काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी अघि बढाएको छ । 

    कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीसँग कार्यालयले लिखित स्पष्टीकरण माग गरेको हो । 

     अबको सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राखिने सूचनामा उल्लेख छ । 

    जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६४ को नियम १४१ को उपनियम (४) बमोजिम ती निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरिएको हो । 

    black list company.jpeg


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ