काठमाडौँ । मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु गर्ने भएको छ ।
बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (सबै न्यायाधीशको बैठक) ले भदौ २४ गते भएको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटबाट अवरुद्ध सेवा सुरु गर्ने निर्णय गरेको हो ।
आन्दोलनका क्रममा अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा सूचना प्रणालीमा समेत क्षति पुगेको थियो ।
जस कारण सीमिति इजलास मात्रै बस्न सकेका छन् भने सीमित मुद्दामा मात्रै सुनुवाइ भइरहेको छ । तर अब सबै प्रकारकार रिट निवेदनहरु, सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु नियमित रुपमा दर्ता एवम् सुनुवाइ गर्ने जानकारी गराएको छ ।