सोमबार, कात्तिक १७ गते २०८३
  • यो साता चर्चामा :
  • एलन मस्कले आफ्नो यति धेरै पैसा के गर्छन् ?


    हुलाक प्रेस

    • सोमबार, कात्तिक २४ २०८२०८:४०
    एलन मस्कले आफ्नो यति धेरै पैसा के गर्छन् ?

    काठमाडौं । टेस्ला कार कम्पनीका सेयरधनीहरूले बिहीबार सीईओ एलन मस्कको एक ट्रिलियन तलब प्याकेज अनुमोदन गरेका छन् । यसले गर्दा पहिले नै विश्वका सबैभन्दा धनी व्यक्ति मस्क विश्वको पहिलो ट्रिलियनियर (खर्बपति) बन्न सक्नेछन् ।

    टेस्लाले कम्पनीको वार्षिक सेयरधनी बैठकमा मतदान गर्ने सेयरधनीहरूमध्ये ७५ प्रतिशतभन्दा बढीले तलब प्याकेजको पक्षमा मत दिएको घोषणा गरेका थिए । यो मतदानमा मस्कले पहिले नै स्वामित्वमा लिएको कम्पनीको १५ प्रतिशत सेयर समावेश गरिएको थिएन ।

    टेस्ला कार कम्पनीका मालिक एलन मस्क धेरै वर्षदेखि विश्वका धनी व्यक्तिहरूमध्ये एकभित्र पर्दै आएका छन् । र, हालै उनी पहिलो हाल्फ (आधा) ट्रिलियनर (खर्बपति) बनेपछि उनको सम्पत्ति ‘आकाश छुने’ स्तरमा पुगेको छ । तर, यसको बाबजुद पनि मस्कले आफ्नो जीवनशैली धेरै हदसम्म आडम्बरविहीन रहेको दाबी गरेका छन् । सन् २०२१ मा उनी टेक्ससस्थित करिब ५० हजार अमेरिकी डलर मूल्यको घरमा बस्ने बताएका थिए ।

    आफ्नो दुई सन्तानकी आमा अर्थात् उनको पूर्व–पत्नी ग्रिम्सले सन् २०२२ मा भ्यानिटी फेयर पत्रिकासँग कुरा गर्दै मस्कले धेरैले अनुमान गरेजस्तो अत्यधिक विलासी जीवनशैली नअपनाएको बताएकी थिइन् । उनले भनेकी थिइन्, “उनी अर्बपतिको जस्तो  जीवन जिउँदैनन् । कहिलेकाहीँ त उनी गरिबीभन्दा तल्लो जीवन पनि बाँच्छन् ।” ग्रिम्सका अनुसार, एकपटक मस्कको भागको गद्दा (म्याट्रेस)मा प्वाल परेपछि पनि उनले नयाँ गद्दा (म्याट्रेस) किन्न अस्वीकार गरेका थिए ।

    यद्यपि, दैनिक बसोबासको स्थान अपेक्षाकृत साधारण भए पनि उनी अद्वितीय गाडीहरू र विलासी सामानहरू मन पराउँछन् । उनीसँग पनडुब्बीमा परिवर्तन हुनसक्ने एउटा विशेष कार छ । साथै, उनीसँग करोडौँ डलर मूल्यका निजी जेटहरूको पनि संग्रह छ । त्यसबाहेक सन् २०२२ मा उनले ट्विटर (हालको एक्स) सहजै ४४ अर्ब डलरमा किनेका थिए, जुन सानो खर्च त थिएन ।

    मस्कसँग कुनै समय प्रभावशाली रियल–इस्टेट पोर्टफोलियो थियो । द वाल स्ट्रिट जर्नलले सन् २०१९ मा लेखेको समाचारअनुसार, उनले करिब सात वर्षको अवधिमा सातवटा घर खरिद गर्न १०० मिलियन डलर खर्च गरेका थिए, जसमध्ये अधिकांश क्यालिफोर्नियाको बेल–एयरमा थिए ।

    ती प्रोपर्टीहरूमा स्विमिङ पुल, टेनिस कोर्ट, वाइन भण्डार, निजी पुस्तकालय र बलरूम (नाचघर) जस्ता संरचनाहरू थिए । त्यसमध्ये एउटा घर पौराणिक अभिनेता ‘विली वोन्का’का कलाकार जीन वाइल्डरको स्वामित्वमा पनि थियो ।
    तर, सन् २०२० मा मस्कले आफ्नो दृष्टिकोण परिवर्तन गरे । उनले ट्वीट गर्दै लेखे, “म लगभग सबै भौतिक सम्पत्तिहरू बेच्दै छु र कुनै घर नराख्ने निर्णय गरेको छु ।”

    उनले थप लेखे, “मलाई पैसाको आवश्यकता छैन । म आफ्नो जीवन मंगल ग्रह र पृथ्वीको भविष्यका लागि समर्पित गर्दै छु । सम्पत्तिहरूले केवल तपाईंलाई बाँधेर राख्छन् ।” तर, एउटा सर्त ‘जीन वाइल्डरको घरलाई भत्काउन नपाउने अर्थात् यसको कुनै पनि आत्मा मर्न नदिनु’ भन्ने थियो ।

    मस्कले त्यो तीन बेडरूमको प्रोपर्टी वाइल्डरका भतिजा जोर्डन वाकर–पर्लम्यानलाई बेचे । त्यो किन्नका लागि मिलियन डलर ऋण पनि दिएका थिए । तर, सन् २०२५ मा, वाकर–पर्लम्यानले किस्ता तिर्न ढिलाइ गरेपछि मस्कले सो प्रोपर्टीको स्वामित्व पुनः लिए ।

    सन् २०२१ मा मस्कले ट्विट गर्दै उनको ‘मुख्य घर’ टेक्ससको दक्षिणी भागमा रहेको करिब ५० हजार डलर मूल्यको एक साधारण प्रिफ्याब्रिकेटेड  घर भएको भनेका थिए । जहाँ उनको एयरोस्पेस कम्पनी स्पेसएक्स सञ्चालित छ । उक्त क्षेत्र अहिले औपचारिक रूपमा स्टारबेस सिटीका रूपमा चिनिन्छ । मस्कले त्यस घरबारे भनेका थिए, “यो एक किसिमले सानदार छ ।”


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ