रबात । फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिप बिहीबार इन्टरपोलको प्रमुख चुनिएका छन् । मोरक्कोमा सम्पन्न ९३औँ सम्मेलनमा उनले इमिराती अहमद नासिर अल–राइसीको स्थान लिएका हुन् । अल–राइसीले यातनालाई प्रश्रय दिएको भन्दै यूरोपबाट धेरै न्यायिक उजुरी परेका थिए ।
फ्रान्सेली प्रहरी निर्देशकका लागि युरोपेली र अन्तर्राष्ट्रिय मामिलाका सल्लाहकारका रूपमा पनि काम गर्दै आएका ५३ वर्षीय फिलिपले ८४ मत प्राप्त गरे । त्यस्तै, उपविजेता टर्किस मुस्तफा सेर्कान साबान्काले ६० मत प्राप्त गरेका मोरक्कोको सरकारी समाचार संस्था (एमएपी) ले जनाएको छ ।
फिलिपले भने, “मेरो स्पष्ट उद्देश्य विश्वव्यापी सन्दर्भको रूपमा सङ्गठनको भूमिकालाई सामूहिक सुरक्षाका लागि सुदृढ पार्नु रहनेछ ।” रासस/एएफपी