सोमबार, कात्तिक १७ गते २०८३
  • यो साता चर्चामा :
  • मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • आइतबार, मंसिर १४ २०८२०९:३६
    मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरूले पेश्की रकम फिर्ता नगरी ४६ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रमेश्वर यादव र कृष्णप्रसाद तिमिल्सिना, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, अधिकृत महेन्द्रप्रसाद यादव, तत्कालीन लेखापाल तुल्सीराम पौडेल र लेखापाल गिरीराज गौतम छन् । 

    मायादेवी गाउँपालिकाका अधिकृत (छैठौँ) महेन्द्रप्रसाद यादवले विगतमा लिएको पेश्की रकम फछ्र्यौट नगरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

    अनुसन्धान हुँदा उनीहरूले १४ लाख १० हजार रुपैयाँदेखि ४६ लाख ७ हजार ३०० रुपैयाँसम्म भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ