आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो


    हुलाक प्रेस

    • मंगलबार, पुस १७ २०८००४:३४
    जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
    टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन् । 
     
    “प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।
     
    सोमबारदेखि जापानमा कम्तिमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभन गरिएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #japanearthquake
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ