सोमबार, कात्तिक १७ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले निर्वाचनमा राती साढे ११ बजेसम्म १४ सय मतदान


    हुलाक प्रेस

    • बुधबार, पुस २ २०८२११:३५
    एमाले निर्वाचनमा राती साढे ११ बजेसम्म १४ सय मतदान

    काठमाडौँ । तीन सयभन्दा बढी सदस्य भएको केन्द्रीय कार्यसमितिका लागि भइरहेको एमाले निर्वाचनमा १३ घन्टा बित्दा करिब १४ सय मत खसेको छ ।

    एमाले केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीहरूका अनुसार बुधबार राति ११ बजेर ३० मिनेटसम्म १४ सय मत खसेको हो । बुधबार बिहान ९ बजेर १२ मिनेटमा मतदान सुरु भएको थियो ।

    बिहीबार बिहानसम्म मतदान सम्पन्न हुने निर्वाचन आयोगका पदाधिकारीहरूले जानकारी दिएका छन् । 

    एमालेका  २ हजार २ सय ६३ प्रतिनिधिले ३ सय १ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि मतदान गरिरहेका हुन् । ८० वटा विद्युतीय मेसिनबाट मतदान भइरहेको हो ।

    एमालेको ११ औँ महाधिवेशनको समापन कार्यक्रम बिहीबार बिहान ११ बजेका लागि राखिएको जानकारी आयोजकहरूले दिएका छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ