आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • युक्रेनले पुटिनको निवासमा ड्रोन प्रहारको प्रमाण मागेपछि रुसले देखाइदियो भिडिओ


    हुलाक प्रेस

    • बिहीबार , पुस १७ २०८२०९:०७
    युक्रेनले पुटिनको निवासमा ड्रोन प्रहारको प्रमाण मागेपछि रुसले देखाइदियो भिडिओ

    काठमाडौँ । युक्रेनले प्रमाण मागेपछि रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा गरिएको ड्रोन हमलाको भन्दै भिडिओ जारी गरेको छ । 

    यसअघि सोमबार रुसले आफ्ना राष्ट्रपति पुटिनको नोभगोरोडस्थित सरकारी निवासमा युक्रेनले डिसेम्बर २८-२९ राति ९१ ड्रोन प्रहार गरेको आरोप लगाएको थियो । तर त्यसलाई वायु रक्षा प्रणालीले विफल पारेको दाबी गरेको थियो ।

    तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आरोप पूर्ण रूपमा झुटो र बनावटी भएको भन्दै त्यसको प्रमाण देखाउन चुनौती दिएका थिए ।

    यसपछि रुसको रक्षा मन्त्रालयले बुधबार हिउँले ढाकिएको क्षेत्रमा क्षतिग्रस्त ड्रोनको भग्नावशेष देखिने भिडिओ जारी गरेको हो । साथै मन्त्रालयले युक्रेनबाट प्रक्षेपण गरिएको लामो दूरीको ड्रोनको रुट नक्सा पनि जारी गरेको छ ।

    भिडिओ फुटेजमा हिउँमा पल्टिएको कालो ड्रोनको भग्नावशेष देखिन्छ। यो ६ किलोग्राम विस्फोटक पदार्थले भरिएको दाबी गरिएको छ । युक्रेनले पुटिनको निवासमा एकैसाथ धेरै दिशाबाट आक्रमण गर्ने प्रयास गरेको आरोप रुसको विदेश मन्त्रालयले लगाएको छ । यद्यपि पुटिनको निवासमा क्षति हुन पाएन ।

    कारण रुसको वायु रक्षा प्रणालीले ब्रायान्स्क क्षेत्रमा ४९ ड्रोन खसालेको दाबी रुसले गरेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ