काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड'का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले गजुरेलले राजीनामा दिएको मितिदेखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको जानकारी दिए ।
गजुरेलले गत मंसिर २० गते राजीनामा दिएका थिए ।