बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • पुरुषप्रति घृणा फैलाएको भन्दै ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न रिट दायर


    हुलाक प्रेस

    • शुक्रबार, फागुन ८ २०८२१०:०९
    पुरुषप्रति घृणा फैलाएको भन्दै ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न रिट दायर

    काठमाडौं । चलचित्र ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा शुक्रबार रिट दायर भएको छ । अदालतकी सूचना अधिकारी पार्वती हितानले उक्त निवेदन दर्ता भएको बताइन् ।

    अधिवक्ता सृष्टि भट्ट र तारकेश्वर निवासी लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै अदालतमा मुद्दा हालेका हुन् ।

    चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ ।

    उक्त फिल्मले पुरुषप्रति घृणा सिर्जना गर्ने, लैंगिकरुपमा विभेदकारी देखिने कथा तयार गरि सामाजिक सद्भाव र भाइचाराको सम्बन्धलाई खलल पार्ने जनाउँदै निवेदकले यसले सम्पूर्ण पुरुषलाई असर गरेको, सामाजिक वितृष्णा फैलाएको बताउँदै उक्त फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ ।

    सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल हुने गरि विपक्षीमध्येको बोर्डले विपक्षीलाई चलचित्र बनाउन निर्माण अनुमति दिएको, सेन्सर बोर्डले विषयको मूल्यांकन नगरि चलचित्र प्रदर्शन गर्न अनुमति प्रदान गरिएको आरोप समेत लगाइएको छ ।

    अन्नपूर्ण शर्मा (आना शर्मा) को शीर्ष भूमिका रहेको यो फिल्म अहिले हलमा चलिरहेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ