शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • बालेन र रविलाई मोदीले फोन गरेर दिए बधाई


    हुलाक प्रेस

    • सोमबार, फागुन २५ २०८२०९:५२
    बालेन र रविलाई मोदीले फोन गरेर दिए बधाई

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई फोन गरेर बधाई दिएका छन् ।

    मोदीले आफ्नो ट्विटर एकाउन्टबाट यसबारेमा जानकारी दिएका हुन् । मोदीले रवि र बालेनसँग आफ्नो कुराकानी भएको उल्लेख गरेका छन् । उनले निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएको उल्लेख गरेका छन् ।

    मोदीले दुई देशको साझा समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता पनि जनाएका छन् । र, संयुक्त प्रयासबाट भारत र नेपालबीचको सम्बन्धले नयाँ उचाइ पाउनेमा आफू विश्वस्त रहेको मोदीले उल्लेख गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ