बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्‌मा ६ जनाको नाम पठाइयो


    हुलाक प्रेस

    • मंगलबार, फागुन २६ २०८२१०:४६
    प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्‌मा ६ जनाको नाम पठाइयो

    काठमाडौँ । भावी प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले संवैधानिक परिषद्‌मा ६ जना न्यायाधीशको सूची पठाएको छ । परिषद्ले सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सचिवालयमा पठाएको हो । न्याय परिषद्का एक सदस्यका अनुसार उनीहरुमध्येबाट संवैधानिक परिषद्ले एक जनाको नाम सिफारिस गर्ने छ । 

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेकाले यस्तो सिफारिस गरिएको हो । राउतले आउँदो चैत १८ गतेदेखि अवकाशमा पाउँदै छन् । त्यसअघि नै परिषद्‍ले ६ जना न्यायाधीशको रोष्टर पठाएको हो । 

    संविधानको धारा १२९ मा नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था रहेको छ । उक्त व्यवस्थाको उपधारा २ अनुसार प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसका आधारमा संवैधानिक परिषद्को सिफारिसअनुसार सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ । 

    संवैधानिक परिषद्‍ले सिफारिस गरेपछि संसदीय सुनुवाइ हुन्छ । सुनुवाइबाट अनुमोदन भएपछि सर्वोच्चले नयाँ प्रधानन्यायाधीश पाउने छ । रोलक्रम अनुसार मल्ल वरीयतामा पहिलो नम्बरमा छिन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ