शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • होर्मुज जलमार्ग पार गर्ने जहाजबाट इरानले लिन्छ २० लाख डलर शुल्क !


    हुलाक प्रेस

    • आइतबार, चैत ८ २०८२१०:५५
    होर्मुज जलमार्ग पार गर्ने जहाजबाट इरानले लिन्छ २० लाख डलर शुल्क !

    काठमाडौं । होर्मुज जलमार्गबाट भएर जाने केही जहाजहरूबाट इरानले करिब २० लाख डलर लिने गरेको खुलासा भएको छ । एक इरानी सांसदले आइतबार यस्तो बताएका हुन् ।

    इरानी संसदको ‘राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीति समिति’का सदस्य अलाउद्दिन बोरुजेर्दीले ४७ वर्षपछि इरानले उक्त जलसन्धिमा सार्वभौमसत्ताको नयाँ अवधारणा स्थापित गरेको बताए । इरानी सञ्चारमाध्यमहरूका अनुसार, एक टेलिभिजन कार्यक्रममा उनले इरानले अहिले निश्चित जहाजहरूबाट मार्ग प्रयोग गरेबापत २० लाख डलर शुल्क लिने गरेको बताए ।

    “जलमार्ग पार गर्ने केही जहाजहरूबाट २० लाख डलर पारवहन शुल्क संकलन गर्नुले इरानको शक्ति झल्काउँछ,” बोरुजेर्दीले भनेका थिए ।

    मार्चको सुरुदेखि नै इरानले अधिकांश जहाजहरूका लागि होर्मुज जलमार्ग बन्द गरिदिएको छ । यो विश्वकै एक प्रमुख तेल पारवहन मार्ग हो । यहाँबाट सामान्य अवस्थामा दैनिक करिब २ करोड ब्यारेल तेल र विश्वव्यापी तरल प्राकृतिक ग्यास व्यापारको करिब २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ । यो बन्द हुँदा ढुवानी र बीमा लागत बढेको छ । जसका कारण तेलको मूल्य बढेको छ ।

    गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही सुरु गरेदेखि क्षेत्रीय तनाव लगातार बढिरहेको छ । यस युद्धमा अहिलेसम्म तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित १३ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ ।

    इरानले इजरायलका साथै जोर्डन, इराक र खाडी मुलुकहरूमा ड्रोन र मिसाइल आक्रमण गरी प्रतिशोध लिइरहेको छ । इरानले यी आक्रमण अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गरी गरिएको दाबी गरेको छ । जसका कारण पूर्वाधारमा क्षति पुग्नुका साथै विश्वव्यापी बजार र उड्डयन क्षेत्र प्रभावित भएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ