बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तर्राष्ट्रिय उडानअघि वायुसेवा प्रदायकसँग अनिवार्य समन्वय गर्न विमानस्थलको आग्रह


    हुलाक प्रेस

    • सोमबार, चैत ९ २०८२११:१०
    अन्तर्राष्ट्रिय उडानअघि वायुसेवा प्रदायकसँग अनिवार्य समन्वय गर्न विमानस्थलको आग्रह

    काठमाडौं । पश्चिम एसियामा हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६ वटा अन्तर्राष्ट्रिय उडान रद्ध भएका छन् ।

    आज जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान रद्द भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले  जानकारी दिए ।

    ''मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने छवटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्” उनले भने, “विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छ ।”

    महाप्रबन्धक  सिटौलाले  उडानअघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर थप जानकारी लिन सबैलाई आग्रह गरेका छन् ।-रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ