आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई


    हुलाक प्रेस

    • शुक्रबार, पुस २० २०८००५:५६
    अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

    काठमाडाै । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ।  

    न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले उनी विरुद्धको निवेदनमा ‘मागदावी नपुग्ने’ फैसला गरेको हो।

    द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए। 

     लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो। २०७३ बैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए। माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए।

    उक्त भनाइले अवहेलना नभएकाे ठहर गर्दै सर्वाेच्चले यस्ताे फैसला सुनाएकाे हाे। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ