शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, चैत ३० २०८२०८:५७
    दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

    काठमाडौं । काठमाडौं दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । कारका चालक काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ