शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा नियमावलीमाथि छलफल : महाअभियोगको विषयमा जुटेन सहमति


    हुलाक प्रेस

    • सोमबार, वैशाख ७ २०८३१०:०४
    प्रतिनिधिसभा नियमावलीमाथि छलफल : महाअभियोगको विषयमा जुटेन सहमति

    काठमाडौं । प्रतिनिधिसभा नियमावलीमाथिको छलफल आज पनि टुंगिएन । कसैमाथि लागेको महाअभियोग सम्बन्धित प्रतिनिधिसभाको कार्यकालभर पास वा फेल नभए के गर्ने भन्ने विषयमा सहमति जुटेको छैन ।

    यी लगायतका विषयमा छलफल गर्न नियमावली मस्यौदा समितिको बैठक मंगलबार मध्यान्न १२ बजे बैठक राखिएको छ ।

    मंगलबार नै मस्यौदा समितिले पाएको समयाअवधि सकिँदैछ । मध्यान्ह १२ बजे बैठक बसेर सहमति जुट्न बाँकी विषयमा सहमति जुटाएर दिउँसो ३ बजे सभामुखलाई बुझाउने तयारी छ ।

    प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल सदस्य रहेका छन् ।

    केही सीमित विषयमा छलफल गरेर भोलि नियमावलीको मस्यौदा टुंगोमा पुर्‍याइने समिति सदस्य यज्ञमणि न्यौपानेले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ