बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • ३८ वर्ष जागिरपछि उच्चको न्यायाधीशमा थपलिया


    हुलाक प्रेस

    • मंगलबार, वैशाख १५ २०८३१०:१४
    ३८ वर्ष जागिरपछि उच्चको न्यायाधीशमा थपलिया

    काठमाडौं । न्याय परिषद्को मंगलबार (वैशाख १५) बसेको बैठकले परिषदका सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । 

    कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा बसेको परिषद् बैठकले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहनेगरी नियुक्तिको सिफारिस गरेको हो । थपलियाले २०४५ साल फागुन १ गतेदेखि खरिदार पदबाट जागिर सुरु गरेका थिए । 

    उनी नायब सुब्बा, शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिव बनेका थिए । थपलियाले ३८ वर्ष दुई महिना १५ दिन न्याय सेवामा बिताएका छन् । ‘‘जागिरको क्रममा ७३ जिल्ला पुगेको छु । न्याय परिषद्ले विवेक प्रयोग गरेको छ । आज न्याय पाएको छु,’’ उनले भने, ‘‘जति सेवामा रहने छु, इमानदारिता र निर्भीकतापूर्वक रहने छु ।’’ 

    उनी वैशाख १९ बाट ५८ वर्षे उमेर हदका कारण अवकाशमा जाँदै थिए । उच्च अदालतको न्यायाधीशका रूपमा भने उनी ६३ वर्षसम्म सेवामा रहन पाउने छन् ।

    गोरखा सिरानचोक जौबारी, लाङदीमा जन्मिएका थपलियाले अमरज्योति जनता मावि (लुइँटेल स्कुल) बाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । उनले एमए, विएल गरेका छन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ