शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १७ २०८३११:२०
    रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन
    फाइल तस्बिर

    काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

    मन्त्रालयले आज लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिए ।

    समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ ।

    रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप आज अपराह्न ३ बजे कच्ची सडकबाट करिब आठ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो ।  रासस

    202604302241-054f5db1-2c82-45cd-b0b9-7153fe7360d5_medium.jpg
    undefined


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ