बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा जेलमुक्त


    हुलाक प्रेस

    • सोमबार, वैशाख २८ २०८३०२:४६
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा जेलमुक्त

    काठमाडौं । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा बैंककस्थित जेलबाट रिहा भएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा एक वर्षको जेल सजाय भोगिरहेका उनले आठ महिना जेलमा बिताएपछि रिहा भएका हुन् ।

    सोमबार ७६ वर्षीय अर्बपति सिनावात्रा क्लोङ प्रेम सेन्ट्रल जेलबाट बाहिरिँदा उनका परिवार, राजनीतिक सहयोगी तथा समर्थकसहित सयौँ मानिसले स्वागत गरेका थिए ।

    थाक्सिनले २५ वर्ष थाई राजनीतिमा प्रभुत्व जमाएका थिए । तर, हालैको जेल बसाइ तथा ‘फ्यु थाई पार्टी’ले यसै वर्षको सुरुआतमा भएको चुनावमा अहिलेसम्मकै कमजोर प्रदर्शन गरेपछि उनको प्रभाव घट्दै गएको मानिएको छ ।

    थाक्सिन स्थानीय समयअनुसार बिहान जेलबाट बाहिरिएका थिए । उनकी छोरीलाई गत वर्ष अगस्टमा, थाक्सिन जेल जानुभन्दा केही हप्ताअघि अदालतको आदेशद्वारा प्रधानमन्त्री पदबाट हटाइएको थियो ।

    थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्यान्डको प्रधानमन्त्रीका रूपमा रहेका थिए । सन् २००६ मा उनी विदेशमा रहेका बेला सैन्य ‘कू’मार्फत सत्ताच्युत गरिएका थिए ।

    १५ वर्षको स्वेच्छिक निर्वासनपछि उनी सन् २०२३ मा थाइल्यान्ड फर्किएका थिए । आफ्नो कार्यकालमा शक्ति र पदको दुरुपयोग गरेको अभियोगमा उनलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो, जसलाई पछि राजाले घटाएर एक वर्षमा सीमित गरिदिएका थिए । अलजजिरा
     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ