मंगलबार, साउन १२ गते २०८३
  • यो साता चर्चामा :
  • लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


    हुलाक प्रेस

    • बुधबार, जेठ १३ २०८३११:३७
    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    सिद्धार्थनगर । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

    प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज बसेको आठौँ बैठकमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

    सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे ।

    बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै सरकारले सोही आधारमा आगामी बजेट निर्माण गर्ने स्पष्ट पारे ।

    विशेष समयमा विपक्षी दलका नेता जोखबहादुर महराले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । यसैबीच सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षणसम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

    उक्त प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेका थिए भने मन्त्री तिमिल्सिनाले उठेका जिज्ञासाको जवाफ दिएका थिए । बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनसमेत प्रदेशसभामा पेस गरेका थिए । रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ