शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • बजेट अपरिपक्व : एमाले


    हुलाक प्रेस

    • शनिबार, जेठ १६ २०८३१०:२६
    बजेट अपरिपक्व : एमाले

    काठमाडौँ । नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।

    सिंहदरबारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।

    दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रुपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए ।

    उनले शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा पनि सरकारकाले पर्याप्त ध्यान दिन नसकेको र बजेटको स्रोत सुनिश्चितता समेत भरपर्दो नरहेको उल्लेख गरे ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ