शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना


    हुलाक प्रेस

    • सोमबार, जेठ १८ २०८३०८:३४
    देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ