काठमाडौँ । आगामी तीन दिन मधेश र लुम्बिनीका जिल्लामा अत्यधिक गर्मी हुने भएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ जिल्लामा तातो लहर(हिट वेभ)को सम्भावना भएकाले विशेष सतर्कताका लागि अनुरोध गरेको छ।
मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तातो लहरको सम्भावना छ। केही स्थानमा ३८ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्ने प्राधिकरणले जनाएको छ।